मलेसिया र बंगलादेशबीच कामदार आपूर्तिका विषयमा छलफल भएको छ ।
बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो ।
शुक्रबार मलेसियमा बसेको दुई देशबीचको उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा छलफल गरेको हो । बंगलादेशले कामदारको स्वास्थ्य परिक्षण र कामदारको लागत खर्चबारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको छ ।
आगामी बैठकले बाँकि रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारीपत्रमा हस्तक्षर हुने दुई देश विच भएको समझदारीमा उल्लेख छ ।
गत वर्ष कार्त्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम समझदारी भएको थियो । मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।
२०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रिया तथा स्वास्थ्य परीक्षण गर्दै आएका संस्था एकतर्फी रुपमा खारेज गरे सँगै नेपालीका लागि मलेसिया रोजगारी बन्द छ। नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।
बंगलादेशबाट कामदार लिने सबै प्रक्रिया नखुलाइएको भए पनि मलेसियाले अन्य देशबाट कामदार आपूर्ति गर्दा अपनाएको प्रक्रिया नै बंगलादेशमा पनि अपनाउने बुझिएको छ। अर्थात नेपाली कामदार आपूर्ति गर्दा विगतमा अपनाइएको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणकै माध्यमबाट कामदार आपूर्ति हुनेछन्।
मलेसियाले विगतको भिसा प्रक्रिया परिवर्तन नगर्ने निश्चित देखिएपछि नेपालीपक्ष अहिलेलाई मलेसियाले लागु गरेको भिसा प्रक्रियालाई स्वीकार्न करिवक–रिव राजि भएको स्रोतले जनाएको छ । अझै नेपालले कामदार पठाउन ढिलो गरेमा मलेसियामा कामदारको माग पुर्ति हुँदा नेपालीका लागि नजिकको रोजगारीको गन्तव्यको ढोका बन्द हुनेछ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया