सोमबार, १५ डिसेम्बर २०२५

देशको परिवर्तनका लागि योग्य उम्मेद्वार गुरुङलाई उठायौं: समाजवादी पार्टी

News Image
फाइल तस्बिर
• • •

समाजवादी पार्टीले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

पार्टीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनको नाम घोषणा गरिएको हो ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी सङ्घीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेद्वार उठाएको दाबी गरे।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!