‘सम्पत्तिको लोभी मानिस कम्युनिस्ट बन्न सक्दैन’ आफ्नै साम्यवादी आदर्शलाई सीले पालना गर्लान् ?
भर्खरै जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेका छन्। दक्षिण छिमेकी भारतका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू वर्षैपिच्छे नेपाल भ्रमण गरिरहँदा २३ वर्ष ढिलो गरेर भए पनि उत्तरी छिमेकी चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण स्वागतयोग्य रहने नै भयो। उच्च हिमालय शृंखलाका कारण जनस्तरमा आवतजावत कठिनाइले पनि चिनियाँ र नेपालीहरू आपसमा कम यात्रा गर्छन्। परन्तु विकसित प्रविधिको उपयोगद्वारा क्रमशः हिमालयको प्रकृतिसँग जनजीवन सामान्यीकरण हुँदो छ।
एक लाख ४७ हजार वर्गकिमि क्षेत्रफलको गणतन्त्र नेपालमा ९७ लाख वर्गकिमि क्षेत्रफल र पौने तीन करोड जनमतको नेपालमा डेढ अर्ब जनमत रहेको चिनियाँ राष्ट्रप्रमुखको भ्रमण मुख्यतः नेपालको राष्ट्रिय हित सन्तुलनमा एउटा कोसेढुंगा बनेको मान्नुपर्छ। भ्रमण क्रममा, लिच्छवी राजा नरेन्द्रदेवले चिनियाँ सम्राट्समक्ष पठाइएको पालुङ सागको नेपाली उपहार तथा त्यसवापत चिनियाँ पक्षले नेपाल पठाएको आलु, बदाम र लिचीको उपहार पनि सञ्चारजगत्मा उद्घाटन भए।