सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन दिने म्याद अब एक दिन मात्र बाँकि छ । यसको आधिकारिक जानकारी काठमाडोैंस्थित अमेरिकी दूताबासले दिएको छ । उसले नोभेम्बर ५ मंगलबार राति ९: ४५ बजेसम्म dvlottery.state.gov मा गएर निशुल्क रूपमा आवेदन दिन आग्रह गरेको छ । उसले कुनै कन्सल्टेन्सीमा जानुपर्ने जरुरत नभएको पनि जनाएको छ ।
डीभी नेपालीको अमेरिकी सपना साकार पार्ने एक जबर्जस्त माध्यम मानिदै आएको छ । तर, यस वर्षदेखि डीभी भर्नका लागि अमेरिकाले पासपोर्ट अनिवार्य गरेपछि यसको क्रेजमा अप्रत्यासित रूपमा गिरावट आएको छ । विगतको संख्यालाई आधार मान्ने हो भने यसपालि आधा संख्याले पनि डीभी भरेका छैनन् ।
पासपोर्ट अनिवार्यको प्रावधानले दुईवटा असजिला सिर्जना गरिदिदा डीभी भर्नेहरूको संख्या विगतको भन्दा आधा पनि नरहेको जानकारहरू बताउँछन्
पहिलो, पासपार्ट अनिवार्य हुँदा यसले कम्तीमा पनि अरू १० हजार खर्च बढाइदियो । यो खर्च बढ्दा प्लस टू सकेको वेरोजगार पुस्ताले सित्तैमा भाग्य अज्माउदै आएको यो खेलमा त्यो पुस्ताको सहभागिता न्युन रह्यो । यो संख्या कटौती हुने बित्तिकै डीभी क्रेन अप्रत्यासित रूपमा घट्यो ।
दोस्रो, डिभी भरेर नपर्नेहरूको सूचना अमेरिकी दूताबाससँग हुने र त्यसको आधारमा उनीहरूले अरू कुनै पनि किसिमको अमेरिकी भिसा पाउँने सम्भावना लगभग शुन्य रह्यो । अमेरिका भिसा पाउन कन्सुलरलाई त्यहाँ स्थायी रूपमा नबस्ने विश्वास दिलाउनुपर्छ । जब, डीभी नै भरेको छ भने ऊ अमेरिकाबाट फर्केर आउने सम्भावना कम हुन्छ भनेर अमेरिकी दूताबासका एक कन्सुलरले नै बताइदिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया