सोमबार, १५ डिसेम्बर २०२५

सिरि ए: टुरिनोविरुद्ध साधुँरो जितसँगै युभेन्ट्स शीर्ष स्थानमा

News Image
तस्बिरः एजेन्सी
• • •

युभेन्ट्स सिरि ए फुटबलमा पुनः शीर्ष स्थानमा फर्किएको छ ।

शनिबार राति भएको खेलमा टुरिनोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

युभेन्ट्सका लागि एक मात्र गोल ७० औं मिनेटमा गोन्जालो हिग्युनको पासमा म्याथिज डी लिग्टले गरे ।

शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट २९ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग एक अंकको अग्रता लिएको छ ।

टुरिनो ११ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!