तरुण दलका नेपालगन्ज नगर कमिटी अध्यक्ष सन्दिपजंग शाहसहित चार जनालाई थुनामा राख्न सात दिन म्याद थप गरिएको छ ।
पक्राउ परेका दुई जनालाई संलग्नता नरहेको भन्दै रिहा गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले बताए । उनले भने, ‘चार जनालाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाका लागि जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि थुनामा राख्न सात दिन म्याद थप गरिएको छ ।’
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार राति साढे ८ बजेतिर नेपालगन्जको गनापुरस्थित नमस्ते भिलेज रिसोर्टमा अध्यक्ष शाहसँगै प्रितम थापा, माधव नेपाली, यामबहादुर बुढामगरसहित ६ जनालाई गाडीमा लुकाएर राखेको अवस्थामा एक थान अमेरिकी अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र त्यसको म्याग्जिनसहित पक्राउ गरेको थियो।
घटना लगत्तै डीएसपी शाह र सन्दिपजंग शाहबीचको अडियो सार्वजनिक भएपछि यो घटना झन् विवादित बनेको छ । डीएसपी शाहीले अवैध हतियारको घटनालाई ढाकछोप गर्न प्रपञ्च रचिएको तरुण दलले आरोप लगाएको छ । डीएसपी शाहीले आफूमाथि लगाएको आरोपमाथि पनि छानबिन गर्न माग गरेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया