सोमबार, १५ डिसेम्बर २०२५

थोरै यात्रु भएपछि नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौंको उडान रद्द

News Image
तस्बिरः बिएल
• • •

बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान नेपाल एयरलाइन्सले रद्द गरेको छ।

थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानकारी गराएका छन्।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६ः१५ बजे उडान तोकिएको थियो।

तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन्।

आजको उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो।काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!