सिरहामा ३ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बिएल

लक्ष्मीपुर पतारी गाउँपालिका ६ स्थित सितापुर, देबारीमा ठुलो परिमाणमा बरामद गरिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले देबारीका विभिन्न ६ वटा स्थानबाट बरामद गरिएको मदिरा बुधबार नष्ट गरेको हो।

इलाका प्रहरी कार्यालय लहानले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत इलाकाको खास गरी लहान, सितापुर, महेशवारि, ठाडी, भोटियाटोल लगायतका स्थानमा मदिरा बरामद गरेको थियो।

समाजमा विशेष गरी चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरी झैझगडा लगायतका गतिविधिहरू बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको छ।

अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने कार्यलाई कडाइ गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए।

प्रकाशित मिति: : 2019-10-23 16:55:15

प्रतिकृया दिनुहोस्