टेकुबाट पाँच लाख बराबरको पटका बरामद

बिएल

काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटका बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको हो ।

प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका समाग्रीहरुबरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् ।

प्रकाशित मिति: : 2019-10-23 15:00:46

प्रतिकृया दिनुहोस्