बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीविरुद्ध एपिएफले सानदार जित हात पारेको छ।
आइतबार काठमाडौँस्थिति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ।
बागमती को भने यो दोस्रो हार हो। त्रिवि मैदानमा एपिएफले दिएको २४२ रन पछाएको बागमतीले ४२. ५ ओभरमा १५२ रन बनाउँदै अलआउट हुन पुग्यो। बागमती को लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। आशुतोष घिरैयाले ४१ रन बनाए।
एपीएपका लागि कप्तान रोहित कुमार पौडेले ४ विकेट लिए भने अभिनास बोहारा र मौसम ढकालले समान २-२ विकेट लिए।
त्यसअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले २४१ रन बनाएको थियो। एपिएफको लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। जोराले ११७ बलमा ११२ रन जोडे।
एपिएफका प्रज्वल शाहीले १०, आसिफ शेखले १५ रन बनाए। त्यस्तै, कप्तान रोहित २ रनमा पेभलियिन फर्किए। लाकेश बम २७ तथा भुवन कार्की १० रनमा आउट भए।
बागमती को लागि सूर्य तामाङले ३ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले समान २-२ विकेट लिए। त्यस्तै, सोनु देवकोटाले १ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया