बिएल संवाददाता
आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण मानिएको छ ।
तालिकामा ३४ खेलबाट २८ अङ्कसहित सातौं स्थानमा रहेको नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ । जारी त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट लयमा रहेको नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको थियो ।
उता, पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको क्यानडा पनि नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै शीर्ष ६ को सम्भावना जीवित राख्ने दाउमा छ । क्यानडाले ओमानविरुद्ध २५६ रन बनाएकाले नेपाली बलरहरूलाई विपक्षी ब्याटिङ रोक्ने चुनौती रहनेछ ।
जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २३५ र २६३ रनको मजबुत योगफल खडा गरेको थियो । हालसम्म यी दुई टोलीबीच भएका ६ एकदिवसीय भेटमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपाल सोही सफलतालाई निरन्तरता दिँदै लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया