बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णालीले गण्डकी प्रदेशलाई पराजति गरेको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा कर्णालीले गण्डकीलाई ७ रनले पराजित गरेको हो। गण्डकीको यो लगातार दोस्रो हार हो।
गण्डकीले दिएको १२३ रन पछाएको कर्णालीले ३३ ओभरमा लक्ष्य पूरा गर्यो। कर्णालीको लागि हिमान्सु शाहीले सर्वाधिक ५३ रन बनाए। कप्तान रविन्द्र शाहीले २० रन बनाउँदा निश्चल रावल २९ र अर्जुन घर्ती १० रनमा अविजित रहे।
गण्डकीको लागि कप्तान विपिन खत्रीले १ विकेट लिए भने अंकित न्यौपानेले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। गण्डकीका लागि कमल गुरुङ र कमल परियारले सर्वाधिक २१-२१ रन बनाए भने विपिन खत्रीले १० रन बनाए। त्यस्तै, आश्वानी रानाले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोर अंक जोड्न सकेनन्।
कर्णालीको लागि अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले २-२ विकेट लिए भने प्रकाश जैसी, दीवान पुन र रविन्द्र शाहीले १–१ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया