बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले यू-१९ विश्वकपमा नेपालका चार खेलाडीलाई 'प्लेयर्स टु वाच'मा राखेको छ।
आइसीसीले आइतबार यू-१९ विश्वकप खेल्ने सबै देशका प्लेयर टु वाच सार्वजानिक गरेको छ। जसमा नेपालका चार खेलाडी सूचीमा परेका छन्।
नेपालका यू-१९ कप्तान देव खनाल, गुलसन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ता सूचीमा समेटिएका छन्।
नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ। जहाँ टोलीले वार्मअप खेलहरु खेलिरहेको छ। शनिबार वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लुईस पद्धतिका आधारमा ७ विकेटले पराजित गरेको थियो।
जनवरी १९ देखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’मा छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया