बिएल संवाददाता
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष-महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले जानकारी दिए।
प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक अध्यक्ष गणेश भट्टराईले जानकारी दिए।
सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ५ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया