बिएल संवाददाता
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष-महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले जानकारी दिए।
प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक अध्यक्ष गणेश भट्टराईले जानकारी दिए।
सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ५ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया