बिएल संवाददाता
कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।
फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो। मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ। सो स्पर्धाका विजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्।
यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला-पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए।
प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला-पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ। सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए। 'म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ', मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने।
'बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ', उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया