बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन्।
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुने छ।
अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ :१५ बजे सुरु हुने छ।
तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ : ०० बजे सुरु हुने छ।
हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ। एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ।
यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिमी प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन्। दुई-दुई वटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया