बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ।
सोमबार मुलपानी किकेट मैदानमा भएकाे खेलमा कोशी प्रदेशलाई ६ विकेटले हराउँदै एपिएफले दोस्रो जित हात पारेको हो।
कोशीले दिएको १३६ रन पछ्याएको एपिएफले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपिएफको लागि कप्तान रोहित पौडेलले ८० रन बनाएर पेभिलियन फकिए।
त्यस्तै, एपिएफका सुमित महर्जनले अविजित २० बनाउँदा प्रज्वल शाहीले २२ रन बनाए।
कोशीको लागि फिरदोष अन्सारी, कमल खत्री, सोनु मण्डल र समीर कार्कीले समान १-१ विकेट लिए।
त्यसअघि मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमै अलआउट भयो। कोशीको लागि फिरदोष अन्सारीले ५५ रन बनाए।
त्यस्तै सोनु अन्सारी २०, कप्तान अंकित सुवेदी केवल १३ रन बनाएर पेभिलियन फर्किए। सोनु मण्डल ११, आशिष भट्टराई १० रन बनाएर पेभियिन फर्किए। यता, एपिएफको लागि अविनाष बोहरा र रोहित पौडेलले ३-३ विकेट लिए भने अमरसिंह रौतेलाले २ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया