बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन्। मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ।
अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबिच बिहान ९: १५ बजे सुरु हुने छ। आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच अहिले बिहान ९ :०० बजे सुरु हुने छ।
मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया