महेश चौलागाईं
जुम्ला सदरमुकाम खलङ्गा बजारमा कर्णालीको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ।
स्थानीयवासीको बाक्लो उपस्थितिमा लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ।
विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको हो। प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ।
जिल्लामा लाखे नचाउने र देउडा खेल्ने चलन रहेको छ। यो संस्कृति विशेषगरी मल्लकालीन सभ्यताबाट सुरुआत हुँदै आएको इतिहास छ। त्यस सभ्यताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा बर्सेनि धुमधामसँग मनाउने गरिन्छ।
सदरमुकाम खलङ्गामा जात्रा बर्सेनि धुमधामका साथ मनाइने गरिएको अध्यक्ष अशोक श्रेष्ठको भनाइ छ।
जात्राका जानकार चित्रलाल श्रेष्ठका अनुसार वर्षैपिच्छे मनाइँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णालीलगायत हिमाली जिल्लाका सर्वसाधारणको थकान मेटाई तथा मनोरञ्जन दिनुका साथै संस्कृतिको पनि संरक्षण गरेको छ।
जात्राका लागि जुम्लाका ग्रामीण बस्तीबाट मानिस सदरमुकाममा बाक्लोरूपमा भित्रिएका थिए। जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ।
जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाललाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखे काटेपछि सेनाको लस्करसहित सलामी अर्पणसहित लामो रथयात्रा गरिसकेपछि सम्पन्न गरिने चलन रहेको छ।
जानकार विष्णुप्रसाद उपाध्यायले अन्तिम दिन बडिमालिकाबाट ल्याइएको सामग्रीको सरकारी रथ र नागरिकले बनाएको रथसँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहेको बताए।
कृष्ण अष्टमीको दिन रातको १२ बजे कृष्ण जन्मिने र यसपछि देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ। करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्लाका मानिस आउने गरेको जात्रा व्यवस्थापन समिति जुम्लाले जनाएको छ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया