महेश चौलागाईं
जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेपछि पद रिक्त भएको हो।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै बुढा निर्वाचित भएको पद रिक्त भएको जानकारी दिएको हो।
निर्वाचन आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३/०३/०८ गतेको निर्णयअनुसार उनीहरूको पद स्वतः रिक्त भएको हो।
आयोगले यससम्बन्धी सूचना आजको गोर्खपत्र दैनिकमा प्रकाशन गरेको छ।
अध्यक्ष बुढासँगै नेपाली कांग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि रिक्त भएको छ।
पद गुमाउनेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकाल रहेका छन्।
राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निर्वाचन आयोगले यो सूचना सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया