बिएल संवाददाता
स्याङ्जामा पूजा गर्न मन्दिरमा गएका युवाहरुमाथि कुटपिट भएको छ।
जिल्लाकाे हरिनास गाउँपालिका वडा नं. ६ का अलैंचीबारी टाेलका ३० वर्षीय इन्द्रबहादुर रुचाल, ३९ वर्षीय चित्रबहादुर गाेतामे र ३६ वर्षीय विष्णबहादुर रुचालमाथि साे गाउँपालिका वडा नं. ७ का ४० वर्षीय हेमबहादुर राना, ६५ वर्षीय ओमबहादुर राना र ५० वर्षीय धनबहादुर रानाले कुटपिट गरेका हुन्।
घटना भने गत असार १७ गतेकाे हाे।
अलैंचीबारी टाेलका दलित समुदाय र मञ्ज्याङ बासिन्दाहरू मिलेर अलैंचीबारीमा अकलादेवी मन्दिर निर्माण गएका थिए। सुरुमा दुवै समुदायका मानिसहरु मिलेर मन्दिर निर्माण गरेता पनि पूजा गर्ने विषयमा विवाद सुरू भएकाे थियाे। मञ्जायाङबासीहरूले दलित समुदायलाई मन्दिर प्रवेशमा राेक लगाउँदै आइरहेका थिए। त्यस क्रममा दुई टाेलबीच पटक-पटक विवाद हुँदै आइरहेकाे थियाे।
साे क्रममा गत असार १७ गते दशमीकाे दिन पूजा गर्न मन्दिर पुगेका दलित समुदायलाई मञ्जयाङबासीहरुले राेकेका हुन्।
‘मन्दिरमा जाँदा हेमबहादुर राना, ओमबहादुर राना, धनबहादुर राना, सन्दिप राना लगायतले तिमीहरू सार्की चमारहरू किन सधैं याे मन्दिमार पूजा गर्न आउँछाैँ? तिमी सार्कीहरू चमारहरूले इतिहासमा आजसम्म कुनै मन्दिरमा पूजा गरेकाे रेकर्ड छ? याे भन्दिरमा प्रवेश गर्न पाउँदैनाैँ भनि मुखमा आएजतिका अपशब्द प्रयाेग गरी चरित्र हत्या गरे’, पीडितहरूले भने, ‘त्यसपछि धकेला धकेल भयाे र हामीमाथि कुटपिट भयाे।’
आफूहरूमाथि जातीय विभेद भएपछि रूचाल र गाेतामे उजुरी बाेकेर जिल्ला प्रहरी कार्यालयमा गएका थिए। तर, उनीहरूकाे उजुरी प्रहरीले अहिलेसम्म दर्ता गरेकाे छैन।
आफूहरूमाथि भएकाे अन्यायविरूद्ध प्रहरी गुहार्दा पनि प्रहरीले बेवास्ता गरेकाे भन्दै उनीहरूले चिन्ता व्यक्त गरे।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया