बिएल संवाददाता
नेपाली सेनाको नौ महिना लामो तालिमपछि १ सय १ जना छोरीहरु दीक्षित भएका छन्।
बुधबार भक्तपुरको सूर्यविनायकस्थित सेनाको श्री इन्द्र बक्स गणमा सिसं ४ का १०१ जना सेनाका जवान बिहीबार दीक्षित भएका हुन्।
नौ महिनाको तालिममा १ सय १ जना (छोरी) युवतीहरुले सेनाको तालिम सफलता पूर्वक सम्पन्न गरेका हुन्।
तालिममा उत्कृष्ट हुने रोजिना कार्कीलाई कार्यक्रममा प्रमुख अतिथि सहायकरथि ध्रुवकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गरेका छन्।

त्यसैगरी दौडमा प्रथम हुने गीताकुमारी खड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गरिएको छ।
उक्त समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी कार्कीले नेपाली सेना बलियो भए देश बलियो हुने बताए।

‘राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो, सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ’, कार्कीले भने।
कार्यक्रम इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापा, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सेना अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो।








‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया