बिएल संवाददाता
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ। परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो।
फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए।
‘किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ’, उनले भने, ‘सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो।’
परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कूल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुङ्गानाले बताए। परियोजनाले कृषक समूह, सहकारी, कृषि उद्यमीलाई माग आधारमा मात्र नभई जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिशत अनुदानमा फलफूलका बेर्ना वितरण गर्दैआएको छ। कार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसँगै गत आवमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको छ।
परियोजनाले चक्लाबन्दी खेती, नमूना बगैँचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो। परियोजनाअन्तर्गत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ। यस्तै परियोजनाअन्तर्गत नै तनहुँको भानु नगरपालिका–११ र बन्दीपुर गाउँपालिका–६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया