
बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।
अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख
गरे।
साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले नेपालीले आ-आफ्नो मौलिकताका साथ मनाउने मकर सङ्क्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे।
विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ-आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घ्यू, सख्खर, तिलको लडडु, खिचडी, ढिक्रीजस्ता परिकार खाँदै मनाइने चलन रहिआएको पर्वका अवसरमा अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको थप प्रगतिको कामना गरेका छन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया