दाङमा पहिलो पटक ‘होमस्टे महोत्सव’ सञ्चालन हुँदैछ। राजपुर गाउँपालिका–१ कठबेरुवा वडाभित्र रहेका चौधरी, मगर, गुरुङ, क्षेत्री, दलित समुदाय बसोबास गरेका स्थानमा चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन हुन लागेकाे हाे।
कठबेरुवामा रहेका पाँच होमस्टेहरूको प्रचारप्रसार गर्ने उद्देश्यले होमस्टे महोत्सव गर्न लागिएको वडा अध्यक्ष तथा समाजसेवी सुर्य चौधरीले जानकारी दिए।
महोत्सवमा चौधरी, मगर, गुरुङलगायत अन्य समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत साँस्कृतिक, स्थानीय समुदायको खानपान, भेषभूषा, सिपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएकाे हाे।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा हुँदैछ।
महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष लालबहादुर बुदा मगरले बताए।
महोत्सवको आयोजक होमस्टे महासंघ हुनेछ भने राजपुर गाउँपालिकाकाे आर्थिक सहयोग र पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको सहयोग रहनेछ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया