बिएल संवाददाता
नेकपा (एमाले)को रोल्पा अध्यक्षमा अमृत बुढामगर विजयी भएका छन। रोल्पाको सातौँ जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन्।
रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ।
गत मंगलबार सुरू भएको अधिवेशनपछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरू गरिएको थियो, जसअनुसार अध्यक्षमा अमृत बुढामगर र घनश्याम आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए।
सो प्रतिस्पर्धाको मत परिणामपछि बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्य ११२ मतमा सीमित हुन पुगेका थिए। सोही अधिवेसनवाट उपाध्यक्षमा विजयकुमार घर्तीमगर भने सर्वसम्मत हुन सफल भएका छन।
उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सीमित हुनु परेको थियो।
उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी विजयी भएका छन।
सो अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया