बिएल संवाददाता
मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ।
‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागाई’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।
यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताए। उनले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया