बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बिहान बस्ने भएकाे छ।
काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाले बताए।
प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ। आजपाले विश्वासको मत दिने कि नदिने भन्नेबारेमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ।
आजपा अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा पार्टीका नेताहरुसँग आन्तरिक छलफलमै रहेकाे बताएका छन्।
पछिल्लो समय आजपाले उठाउँदै आएको मागको बारेमा सरकारको धारणा के छ भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवाजसमेत पार्टीमा उठ्दै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया