बिएल संवाददाता
राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका हुन्।
सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरे।
सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्।
विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माका प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई उनलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिसकेका छन्।
अध्यक्षका प्रत्याशी शर्माको समर्थकमा सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया