बिएल संवाददाता
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।
प्रधानमन्त्री प्रचण्डले भाेलि बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्।
यसैगरी एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएकाे छ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेता सहभागी थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया