बिएल संवाददाता
पूर्व मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा प्रवेश गरेकी छन्।
राप्रपाले साेमबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलगायतलाई सदस्यतासहित स्वागत गरेका हुन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापतिसमेत हुन्।
श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौँ महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अवकास प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकास प्राप्त कृष्णजङ्गबहादुर सिंह, व्यवसायी तथा समाजसेवी शुभाष विष्टलगायत दर्जनौँ व्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका छन्।
नव- प्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आवद्ध भएको विचार व्यक्त गरिन्।
पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया