
बिएल संवाददाता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्तिमार्फत् प्रधानमन्त्री प्रचण्डले ३० गते लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेका हुन्।
कांग्रेसले ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थिति हुनसमेत निर्देशन दिएको छ।
‘मिति २०८० फागुन ३० गते विहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, विज्ञप्तिमा भनिएकाे छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया