बिएल संवाददाता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्तिमार्फत् प्रधानमन्त्री प्रचण्डले ३० गते लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेका हुन्।
कांग्रेसले ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थिति हुनसमेत निर्देशन दिएको छ।
‘मिति २०८० फागुन ३० गते विहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, विज्ञप्तिमा भनिएकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया