बिएल संवाददाता
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगादनको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताएका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन।’
आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।
‘त्यसबेला यदि अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्नेहरुले हिजो म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न पाउँदैनस्, हिँड्न हुँदैन भन्ने किन आएनन्? अहिले पाउँदैनस् जिम्मेवारी भनेर कसैले भन्छ भने त्याेबेला चाहिँ दाइ हिँडेकाे छ जनयुद्धमा, तँ किन हिँडेकाे, मिल्दैन दुइटा दाजुभाइ भनेर काेही कसैले त भनेन। त्योबेलामा त एकदिन ढिला भयो भने आफ्नो बचाउनलाई भन्ने कुरा आउँथ्याे’, उम्मेदवार दाहालले प्रश्न गरे।
त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए।
‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन’, दाहालले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया