बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज (सोमबार) मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्दैछ।
बैठकमा सरकारमा पुगेपछि पार्टीले खेल्नुपर्ने भूमिका विषयमा छलफल हुने जानइएको छ।
पार्टी सह–महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार आजको बैठक मुख्यगरी तीनवटा एजेन्डामा केन्द्रीत हुनेछ। पहिलो– समसामयिक राजनीतिक विषय। दोस्रो– इलाम–२ को उपनिर्वाचन। तेस्रो– कर्णाली अभियानबारे।
‘समसामयिक राजनीतिक विषयमा छलफल त हुने नै भयो, त्यससँगै इलाम– २ मा उपनिर्वाचन हुँदैछ, त्यसबारे छलफल हुन्छ अनि कर्णाली अभियानबारे पनि छलफल हुन्छ’, बुर्लाकोटीले भने।
संविधानसभा अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित इलाम– २ मा उनको निधनपछि आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनमा रहेको रास्वपाले निर्वाचनमा गठबन्धन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेबारे निर्णय गरेको छैन।
रास्वपा कर्णाली प्रदेश समिति विवादपछि विघटन भएको छ। कर्णालीमा प्रदेश समिति निर्माण तथा संगठन विस्तारबारे आजको बैठकले रणनीति बनाउने बुर्लाकोटीले जानकारी दिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया