बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का केन्द्रीय सदस्य डा. अरणिको पाँडेले राजतन्त्र नफिर्किने र फर्किन पनि नदिने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले ट्वीटरमा शेयर गरेको पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्रको फोटोलाई रिट्वट गर्दै पाँडेले यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘राजतन्त्र फर्किन्न र फर्किन दिन्न पनि!’ पाँडेले गणतन्त्रको राम्रो पक्षनै नेता बेइमान भएमा उसलाई परिवर्तन गर्न सकिने तर राजा जति बेइमान भए पनि परिवर्तन गर्न नसकिने बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘गणतन्त्रको राम्रो पक्षनै नेता गन्हायो भने जनताले त्यसलाई अर्को चुनावमा हटाउन सक्छन्। अहिले गणतन्त्रलाई बदनाम दिने नेताहरुले फेरि भोट पाउँदैनन्। तर मूर्तिचोर राजा भइदिए त जीवन भर नै मूर्तिचोर र मूर्तिचोरका सन्तानले देश चलाएको हेरेर बस्ने?’
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले कपिलवस्तुमा पूर्व राजा ज्ञानेन्द्र र नवयुवराज पूर्व नवयुवराज हृदयेन्द्रसँगै बसेको फोटो शेयर गरेका थिए। उनले उनीहरुको उपस्थितिलाई अर्थपूर्ण रहेको पनि टिप्पनी गरेका थिए।
https://twitter.com/arnicopanday/status/1741812770566443170
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया