बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का केन्द्रीय सदस्य डा. अरणिको पाँडेले राजतन्त्र नफिर्किने र फर्किन पनि नदिने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले ट्वीटरमा शेयर गरेको पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्रको फोटोलाई रिट्वट गर्दै पाँडेले यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘राजतन्त्र फर्किन्न र फर्किन दिन्न पनि!’ पाँडेले गणतन्त्रको राम्रो पक्षनै नेता बेइमान भएमा उसलाई परिवर्तन गर्न सकिने तर राजा जति बेइमान भए पनि परिवर्तन गर्न नसकिने बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘गणतन्त्रको राम्रो पक्षनै नेता गन्हायो भने जनताले त्यसलाई अर्को चुनावमा हटाउन सक्छन्। अहिले गणतन्त्रलाई बदनाम दिने नेताहरुले फेरि भोट पाउँदैनन्। तर मूर्तिचोर राजा भइदिए त जीवन भर नै मूर्तिचोर र मूर्तिचोरका सन्तानले देश चलाएको हेरेर बस्ने?’
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले कपिलवस्तुमा पूर्व राजा ज्ञानेन्द्र र नवयुवराज पूर्व नवयुवराज हृदयेन्द्रसँगै बसेको फोटो शेयर गरेका थिए। उनले उनीहरुको उपस्थितिलाई अर्थपूर्ण रहेको पनि टिप्पनी गरेका थिए।
https://twitter.com/arnicopanday/status/1741812770566443170
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया