बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन्।
कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रका खिलापमा धुमिल वातावरण बनाउने प्रयास भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुनुपर्ने उल्लेख गरेका छन्।
सभापति देउवाले भने, 'नेपालका राजनीतिक दलहरुमा प्रतिस्पर्धा र वैचारिक विविधता बाबजुद लोकतन्त्रका सम्बन्धमा एक ठाउँमा रहने राम्रो संस्कार छ, यो विरलै हुन्छ।' सबै पार्टीबीच रहेको यस्तो सहमति र साझा धारणा महत्त्वपूर्ण रहेको उनले बताएका छन्।
राष्ट्रियताका सवालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नीतिको प्रभाव रहेको उल्लेख गर्दै सभापति देउवाले कोइराला सानो देशका ठूला नेता भएको बताए। बीपी कोइराला मुलुक अफ्ठ्यारो परिस्थितिमा ज्यान जोखिममा राखेर स्वदेश फिर्ता भएको प्रसङ्ग उल्लेख गर्दै उनले बीपीका विचार, राष्ट्रिय एकता र मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केकाे दिन सम्झनामा राखेर हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया