बुधबार, १४ अक्टोबर २०२६

सुदूरपश्चिमका एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

News Image
• • •

सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीरबहादुर थापाले राजीनामा दिएका छन्।

प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका थापाले सांसद पदबाट राजीनामा दिएका हुन्। एमाले सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार छ।

बिचौलियाको प्रभावमा बजेट ल्याइएको भन्दै उनी हतारमा बजेट पारित हुन नहुने पक्षमा थिए। तर, प्रदेश सभाबाट बजेट पारित भएपछि थापाले मंगलबार साँझ नै सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पेस गरेका हुन्।

सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन्। थापा कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

बिचौलियामार्फत कमिसन लिएर योजनाको बेचबिखन भएको भन्दै प्रतिपक्ष र सत्तापक्षकै सांसदहरूले चर्को विरोध गरिरहेका छन्। नयाँ सरकार बनेको साढे दुई महिनापछि बल्ल ल्याएको बजेट पनि विवादमा परेको  छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!