बिएल संवाददाता
नेपाली कांग्रेस संस्थापन इतर समूहले संस्थापनको महाधिवेशनमा सहभागी हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ।
सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको बैठकले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो।
तर, संस्थापनले त्यस्ता केन्द्रीय सदस्यहरूले पनि वडा महाधिवेशनमा सहभागी हुनुपर्ने सर्त राखेको थियो।
उक्त सर्त स्वीकार गर्न नसकिने निष्कर्षसहित इतर समूहले आफैंले तोकेको महाधिवेशन प्रक्रिया जारी राख्ने निर्णय गरेको हो।
इतर समूहले आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको नेता डा. प्रकाशशरण महतले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया