शुक्रबार, १३ मार्च २०२६

ओशो: आचार्य रजनीशको साम्राज्य निर्माण र विघटनको कथा

ओशोको जीवनी 'द लुमेनस रिबेल लाइफ स्टोरी अफ अ मावेरिक मिस्टिक' मा वसन्त जोशी लेखेका छन्, 'ओशो सामान्य बच्चाजस्तै हुर्किए तर पनि उनमा केही फरक थियो जसले उनलाई सामान्य बच्चाहरूबाट अलग गर्यो। बाल्यकालदेखि नै उनमा एउटा गुण थियाे। प्रश्न सोध्नु र प्रयोग गर्नु। उनी सुरुदेखि नै मानिसहरूप्रति चासो राख्थे। उनको मुख्य सोख मानवीय प्रवृत्तिलाई नजिकबाट नियाल्नु थियो। फलस्वरूप, तिनले आफूबाहिरको संसार र मानव मनलाई नजिकबाट नियालेका थिए।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको कार्यालय नभत्काउन उच्च अदालतकाे आदेश

उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय  नभत्काउन आदेश दिएकाे छ। बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक सुधारमा अध्यक्ष ओलीको जोड

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको  सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार

जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका छन्। अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो। हर्जोगले अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सिम्रौनगढमा झडप : प्रहरीकाे हवाई फायरबाट एक जनाकाे मृत्यु

नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिम्रौनगढका प्रमुखको गाडी तोडफोड

बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो। तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा भर्ना भएकालाई सकुशल फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको छ: प्रधानमन्त्री

‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद् सचिवालयका महासचिव गौतमको राजीनामा स्वीकृत

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच हजार मिटरब्याज पीडितको समस्या समाधान

अध्ययनका क्रममा पीडित र साहुबीच रू पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले रू सात अर्ब ६२ करोड ८० लाख असूल हुन बाँकी रहेको भनेर दाबी गरेका पाइएको थियो। त्यसमध्ये कूल रू एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र गरी टुङ्ग्याइएको आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायलमा रोजगारीको प्रलोभन देखाउने समूह सक्रिय, सचेत रहन विभागको आग्रह

नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

‘बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्याउँछौँ’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदकाे महासचिवमा पाण्डेलाई राष्ट्रपतिले नयुक्ति नदिएपछि सभामुखले तोकिदिए कार्यवाहक

सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। तर राष्ट्रपति पौडेलले गौतमको राजीनामा र पाण्डेको नियुक्तिको विषय अध्ययन गर्नुपर्ने भन्दै राजीनामा स्वीकृत गरेका छैनन् भने नियुक्तिको सिफारिस पनि रोकिदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए। उनका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

दोदा पुल निर्माण: आठ वर्षमा तीन पिलर मात्रै ठडिए, कहिले हाेला पूरा?

वि.सं. २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)

वनमा आश्रित पचास परिवारलाई ग्यास चुलो वितरण

माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ। माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘गरी खाने शिक्षा, महानगरको इच्छा’ पूरा गर्न केयुसँग सम्झौता

सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ