सोमबार, १३ अप्रिल २०२६

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो

‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ’, प्रधानमन्त्री दाहालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुम्लाको तापक्रम माइनस १०, उडान प्रभावित

जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए। उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

पाँचतले घरको छतबाट हामफालेर धनगढीका व्यवसायीले गरे आत्महत्या

धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भने, ‘अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कार्ष निकालेका थियौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिजिट भिसाकाे नयाँ कार्यविधि: द्वन्द्वग्रस्त मुलुकमा पुगी अलपत्र परे व्यक्ति स्वयं जिम्मेवार हुने

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ। मर्जरपछि कम्पनीको दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वाशिङ्गटन डिसी

घुस मागिरहेको अवस्थामा ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

फागुन १८ गते नारायणी किनारमा भरतपुर भ्रमण वर्षको उद्घाटन हुने

महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा विश्व सुवेदीका अनुसार उद्घाटनमा सङ्घ, प्रदेश र स्थानीय तहका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको समेत उपस्थिति हुनेछ। सो अवसरमा महानगरपालिकाका २९ वडाकै नागरिकलाई सहभागी गराउनका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोवर्द्धनशर्मा पोखरेलकी धर्मपत्नीसमेत रहेकी द्रौपदाको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाचारले मेराे जीवनमा गम्भीर असर परेकाे छ- सुरेश डंगाेल

नेपाली काँग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय सदस्य सुरेश डंगाेलले ब्रेकएनलिङ्क्स डटकममा समाचार प्रकाशन भएकाेमा आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ। उनी भन्छन्, 'व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन्। सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन्। बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ। भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदे वर्षा नहुँदा किसान चिन्तित भएका छन्। चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय  आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्। झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं