नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुईवटा बस पुर्यो, केही यात्रु बेपत्ता
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ।
बिएल संवाददाता - चितवन
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ।
बिएल संवाददाता - चितवन
बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ। राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ। उडान नम्बर बीएचए ८०५ विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो। विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ।
बिएल संवाददाता - कास्की
नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङका कुलसचिव माधव अधिकारी निलम्बित भएका छन्। विश्वविद्यालयका उपकुलपति डा. यादवप्रकाश लामिछानेले बुधबार (हिजो) उनलाई निलम्बन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ। रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनर्निर्माण सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन्। विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनर्निर्माण हुन सकेको थिएन।
बिएल संवाददाता - काठमाडाैँ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सञ्जय मिश्रा, रौतहटमा बिहिवार छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ, भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो। त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो।
बिएल संवाददाता - रौतहट
पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ। विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो। कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ। कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठिक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन्।
बिएल संवाददाता - काठमाडौँ
कञ्चनपुरको चौधर नदी धार परिवर्तन गर्दै बस्तीमा पसेको छ। हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्। सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन्। बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताए। ‘अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन’, उनले भने, ‘तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठुलो क्षति हुने भय छ।’ बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठुलो क्षति पुगेको छ। बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ। चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन्।
बिएल संवाददाता - कञ्चनपुर
‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरुमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको बैठकमा मन्त्रीहरूकाे उपस्थिति नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको बैठकमा ध्यानाकर्षण गराएका थिए।
बिएल संवाददाता - काठमाडौं
जनगणनाको पछिल्लो तथ्यांकले हामीलाई के देखाएकोछ भने जनसंख्या वृद्धि अब नेपालको समस्या होइन। किनभने नेपालको स्रोत साधनले यति जनसंख्यालाई धान्न सक्छ भन्ने अनुमान हो। स्रोत साधनले धान्न सक्छ भने जनसंख्या व्यवस्थापनको सिद्धान्तले के भन्छ भने स्रोत साधन प्रशस्त छ भने जनसंख्याको आकार आफैँमा समस्या होइन।
बिएल संवाददाता - काठमाडौं
जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै बिहीबार ३१ जना यात्रु सवार बस दुर्घटना भएकाे हाे। मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसाे १:१५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा बिहीबार बिहान शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - कपिलवस्तु
प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँ–ठाउँमा भत्किएका, भासिएकाले दर्जनौं सडक अझै खुलेको छैन। वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति रहेको थियो। सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन्।
बिएल संवाददाता - पर्सा
कुनै समय संविधान र कानुनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ।
बिएल संवाददाता - सिराहा