आइतबार, १६ नोभेम्बर २०२५

मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ– २ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘पार्लरमा काम गर्न दुबई पठाइदिन्छु’ भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका- १ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने ५० वर्षीय गणेशबहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका– १ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

दैनिक ११ घण्टा विद्युत कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत भार कटौतीले उनीहरु मारमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

अबकाे तीन दशकमा क्रिश्चियनकाे संख्या दुई तिहाइ घट्ने, यहुदीभन्दा मुस्लिम बढी हुने

प्यू रिसर्च सेन्टरकाे प्रतिवदेनअनुसार संसारकाे धार्मिक प्राेफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ, जसकारण अबकाे तीन दशकमा संसारमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बराबर हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नाे आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हल्का वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा

माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सीआईबी प्रमुखबाट एआईजी बज्राचार्यलाई हटाइयाे, श्याम ज्ञवालीलाई ताेकियाे जिम्मेवारी

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्य जिम्मेवारीबाट हटाइएकाे छ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता भएको हाे। भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: सीआईबी दुई जना डीएसपी हेडक्वार्टर तानिएका

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्त पीडित र सरकारी टोलीबीच ६ बुँदे सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रमिकलाई ठगी गरेको प्रमाण ल्याएमा २४ घण्टाभित्रै कारबाही हुन्छ- मन्त्री अर्याल

शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारबाही गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ। सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा गोली चलाएर मनि ट्रान्सफरबाट ५२ लाख लुटपाट, ३ भारतीय पक्राउ

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने- बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ

प्रधानमन्त्रीले यो आयोजनालाई अगाडि बढाउन आफूले निरन्तर पहल गरिरहेको बताए। उनले स्थानीय तहबाट आयोजनालाई शीघ्र अगाडि बढाउन गरिएको पहल र प्रयासका लागि धन्यवाद दिँदै केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभामा कांग्रेसकाे अवराेध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेकाे छ। प्रतिनिधिसभामा शुक्रबार कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग्दै बैठक अवरुद्ध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं