सोमबार, १७ नोभेम्बर २०२५

ललितपुरमा सम्यक महादान पर्व मनाइँदै (तस्बिरहरू)

ललितपुरमा प्रत्येक पाँच वर्षमा सम्यक महादान पर्व मनाइन्छ। साहीअनुसार  आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै बिहीबार सर्वोच्च रिट दायर गरेकी हुन्। उक्त रिटको चैत ४ गते सुनुवाइका लागि पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेट: जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामवलीसहित)

बिहीबार को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

चङ्खेलीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्धारामा राप्रपा नेपालकाे प्रदर्शन, यातायता प्रभावित (तस्बिरहरू)

सहकारी पीडितलाई न्याय दिनुपर्ने, हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना गर्नुपर्ने,  भ्रष्टाचारको अन्त्य, सुरक्षाकर्मीमाथि राजनैतिक हस्तक्षेपअन्त्य गर्नुपर्नेलगायतकाे माग राख्दै राप्रपा नेपाल प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई आयोगकाे सुझाव- सुन तस्करी नियन्त्रणका लागि कानुनी र संरचनात्मक सुधार गर्नू

आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो, ७ जना घाइते

दुर्घटना स्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन: उपाध्यक्ष ज्ञवाली

‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन’, उनले भने, ‘तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गृहमन्त्री लामिछानेले भने- सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुरमा बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

बाेलेरोमा १४ जना सवार रहेका थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएको र थाप स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले सहकारी ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

कुवेतकाे महाबुल्ला क्षेत्रको सी-साइड रोडमा मंगलबार भएको दुर्घटनामा तीन नेपालीको घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ: प्रधानमन्त्री

‘यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीमा वर्षा, लुम्बिनीमा हुरी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

प्रतिनिधिसभा बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनामा पाथीभरामा ५५ लाख भेटी संकलन

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ