सोमबार, १७ नोभेम्बर २०२५

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, एकजना घाइते

मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

प्रहरीलाई गृमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेराे आदेश कुर्नु पर्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई देशकाे कुनै पनि भागमा कसैले गैरकानूनी काममा कसैलाई कारबाही गर्न आफ्नाे आदेश नकुर्न भनेका छन्। मन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

गतवर्ष फागुनमा तालिम लिएपछि सात लाख रुपैयाँ लगानी गरेर ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन्। उद्योग सातजना महिलाले सञ्चालन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै, मैदानमा दाहाल र शर्मा

संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावलीअनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केही प्रदेशमा छिटफुट वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार र मिटरब्याज पीडितबीच सहमति

सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति भएको छ। सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द

कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उनले बताए। अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ। कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो। अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

रमजान भोलिदेखि सुरु

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रिपरिषद्का समितिको समन्वय गर्न ताेकिए संयोजक, प्रधानमन्त्रीलाई राजनीतिक समितिको जिम्मेवारी

साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेढ करोड रुपैयाँसहित नेपालगञ्जबाट ८ जना पक्राउ

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा हँसियाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

कर्णाली पुलमा ट्रकमाथि आगलागी (भिडियाे)

कैलालीकाे चिसापानीस्थि कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमाथि आगलागी भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हतकडीसहित कैदी महाकालीमा हाम फाले, समात्न गएका प्रहरीको भीरबाट लडेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अस्पताल लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए। उनलाई समाउनका लागि दौडिने क्रममा चौधरी भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजानी

नवलपुर मलंगवा सडकखण्डअन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल किशोर महतोलाई ठक्कर दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।’

बिएल संवाददाता

बिएल संवाददाता -

गाई-गाेरु चराउन गएकी १७ वर्षीय किशाेरी बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ

गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं