सिग्देललाई प्रधान सेनापतिमा नियुक्त नगर्न माग गर्दै सर्वाेच्चमा रिट
गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेकाे छ।
बिएल संवाददाता - काठमाडौं
गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेकाे छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकर्डेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले क्षतिपूर्ति, बीमा रकम, परिवारका सदस्यलाई रोजगारी, मृतकका सन्तानका लागि उच्च शिक्षालगायतकाे माग सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका हुन्। त्रिवि शिक्षण अस्पतालकाे फरेन्सिक विभागले दुर्घटनामा मृत्यु भएकाहरुको शव ष्टमाटम गरिसकेको छ। तर उनीहरूले शव बुझ्न मानेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
रोजगारीको प्रलोभनमा पारेर बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ। भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो।
बिएल संवाददाता - लुम्बिनी
बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा परी अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकप्टर दुर्घटना भएका छन्।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बिहान ग्वार्काेस्थित सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बिएल संवाददाता - ललितपुर
उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - रामेछाप
क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।
बिएल संवाददाता - काठमाडाैं
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा दुई हजार दुई लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन। भूकम्प गएको झण्डै दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन्। पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्लामा ३२ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम पाएका छन्। बाँकी दुई हजार दुई लाभग्राहीका लागि रकम प्राधिकरणबाट उपलब्ध नभएकाले पहिलो किस्ताको रकम नपाएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार पहिलो किस्ताबापत रु २५ हजारका दरले ३२ हजार नौ सय ९६ लाभग्राहीले रु ८२ करोड ४९ लाख प्राप्त गरेका छन्।
बिएल संवाददाता - रुकुमपश्चिम
बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।
बिएल संवाददाता - बाँके
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौँ
सामाजिक सञ्जालमा अहिले ‘उड्ने’ र ‘गुड्ने’ नागरिकबीच राज्यले देखाएको विभेदको बारेमा चर्चा भइरहेको छ। सरकारले आफ्नै नागरिकको मृत्युमा पनि विभेद गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।
बिएल संवाददाता - काठमाडौँ
झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, 'यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ।'
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .