
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ। यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो। पीडितलाई क्षतिको मूल्यांकन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए।

बिएल संवाददाता - खोटाङ