बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना हुने कोप २९ मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए।
सो क्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया