मङ्गलबार, १९ अगस्ट २०२५

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

'सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेकाे छ।  आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा राखिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदन मुद्दामा आज उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतले भन्याे- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

नेपाल सरकारले एक सय रुपैयाँकाे नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतले असन्तुष्टि जनाएकाे छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

डडेल्धुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

 जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्। सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना  पक्राउ परेका छन्। वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन्। तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ। व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो। पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ। निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ। व्यास नगरपालिका–२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भने। उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ। दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई रु १०/१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर- ७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम)मा आगलागी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

डिभीको नतिजा आउँदै

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जागिरकाे लाेभ देखाएर ठमेलकाे हाेटलमा किशाेरी बलात्कार गरेकाे भन्दै एमाले नेताविरुद्ध उजुरी

१९ वर्षीय किशाेरीले आफूलाई बलात्कार गरेकाे भन्दै दाेलखा घर भएका एमाले नेता ४५ वर्षीय विदुर शर्माविरुद्ध जाहेरी परेकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारद्वारा १३ अर्ब ३३ करोड ऋण स्वीकार

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बहाल कर नतिरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई कामपाको पत्राचार

आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं