बिएल संवाददाता
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको छ।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स–आइएफआर उडान मात्र भइरहेको छ। मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन नसकेकाले उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया