ठुलाे चुम्बक प्रयाेग गरेर बेपत्ता बस र यात्रुको खाेजी गरिँदै
चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।
बिएल संवाददाता - चितवन
चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।
बिएल संवाददाता - चितवन
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा माथि तथा पश्चिमतर्फ सरदर स्थानको आसपासको रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ। आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन्। खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन।
बिएल संवाददाता - गलकोट
यहाँस्थित आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए। गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ। क्षेत्रीले भने, 'केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ।'
बिएल संवाददाता - दमौली
पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ। यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ।
बिएल संवाददाता - काठमाडाैँ
जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन्। अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ। अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ। महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो। दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन्।
बिएल संवाददाता - कञ्चनपुर
‘बेरोजगार युवाहरूलाई आकर्षक रोजगारीे दिने बाहना हो। यो मानव तस्करीकै फरक शैली हो। अन्तिममा युरोप, क्यानडा पठाइदिन्छौँ भनेर असुली धन्दा गर्ने उदेश्य हो,’ यो कार्यक्रमलाई नजिकबाट नियालिरहेका दुबईस्थित एकजना नेपालीले भने।
बिएल संवाददाता - काठमाडौं
नेपालगञ्ज बजार क्षेत्रभन्दा केही दुरीमा रहेको कम्दी मिलनचौकमा नारायण डाँगी समूहका युवाहरुले स्थानीय रियाजुद्दिन खानमाथि खुँडा प्रहार गरेका छन्।
बिएल संवाददाता - बाँके
चिनियाँ संस्थाहरूले जारी गरेको प्रतिवेदनमा केही पश्चिमा राष्ट्रहरूको उस्काहटमा लागेर फिलिपिन्सले गलत सन्देश फैलाइरहेको भन्दै त्यसको आलोचना पनि गरिएको छ। ह्वायाङ सेन्टर फर साउथ चाइना सी स्टडिज् र चाइनिज सोसाइटी अफ इन्टरनेशनल लले त्यस्तो प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी ३८ वर्षीय इरसद राईको शुक्रबार राति करिब साढे १० बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
यादवका अनुसार नदीमा पानी बहाब बढेको, पानी धमिलो भएको साथै वर्षा भइरहेकाले खोजी कार्यमा असहज भइरहेको छ। यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबार दिनभर जारी राखिएपछि केही फेला नपरको यादवले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा साहको शव प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनी त्रिशूलीमा खसेकाे बसको यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ। उनको साथमा रहेकाे एटीएम कार्ड र भारतीय आधार कार्डको आधारमा उनकाे पहिचान खुलेकाे छ।
बिएल संवाददाता - काठमाडौं
भानुभक्त आचार्यलाई स्वदेश तथा विदेशमा रहेका नेपालीभाषीले आदिकविका रूपमा सम्मान गर्दै आइरहेका छन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। जातीय चेतनाका प्रतीक हुन्। संस्कृतको दबदबा चलेको बेला संस्कृतमै बोलिने, लेखिने र पढिने बेला नेपाली भाषामा कविता लेखेर भाषाको श्रीवृद्धि गर्ने एक स्रष्टा हुन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडरअन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो।
बिएल संवाददाता - काठमाडौं
टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी)को स्वामित्व लिएको छ।
बिएल संवाददाता - काठमाडाैं
हाल कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी जम्मा एक सय तीन जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .